NRN
आज घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन अर्थात् शुक्रबाको सुनको मूल्य तुलनामा यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update