
संयुक्त राज्य अमेरिकामा आज आइतबारदेखि भिडियो सेयरिङ्ग प्लेटफर्म टिकटक बन्द भएको छ ।
अमेरिकी सरकारले जनवरी १९ देखि प्रतिबन्ध लगाउनु केहि घण्टा अघि नै टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बिहान प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको बताएका छन् ।
अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए ।
त्यसविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनसम्मको समय दिने भनेका थिए । उनले सोमबारदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।
अमेरिकामा टिकटकका सबैभन्दा बढी १७० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।