पूर्वडीआईजी छविलाल जोशी काठमाडौँ अदालतमा उपस्थित

पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । उनी आज आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
छुनछेक बहसका लागि छवि आज अदालत उपस्थित भएका हुन् । जोशीको बयान तथा थुनछेक बहस न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा हुनेछ ।
जोशीलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको आरोपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ ।
उनी केही समयअघि मात्रै कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १२:३८
प्रतिक्रिया दिनुहोस्