यू-१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले आज दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै छ ।
मलेसियामा जारी रहेको यो खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।
पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ ११:२६
प्रतिक्रिया दिनुहोस्