NRN
यूएईमा बन्ने भयो ‘ दुबईको झिलिमिली’

पछिल्लो समय प्रबासबाट पनि आफ्नो सृजना प्रस्तुत गर्न नेपालीहरू लागि परेका छन् । यसै क्रममा कलाकारिता तर्फ बिशेष झुकाव राख्दै आएका यूएईमा रहेका उत्साही यूबाहरूको सक्रिएतामा 'दुबईको झिलिमिली' नामक टेलिचलचित्रको निर्माण हुने भएको छ ।

यसै साता दुबईको झिलिमिलीको एक समारोहबीच शुभ साईत गरेर काम अगाडि बढाईएको छ । एसएन इन्टरटेनमेन्टसको ब्यानरमा बन्ने यसमा सृजना कार्की निर्माता, निशान थापा लेखक- निर्देशक, बिजय गुरूगं छायाकार र राजन बस्नेत सम्पादकको रूपमा रहेका छन् ।

यूएईका सबै स्थानहरूमा छायांकन गरिने यो टेलिचलचित्रको मुख्यतः अलैन र दुबईमा छायांकन गरिने छ । दुबईको झिलिमिली टेलिचलचित्रमा मोहन थापा, राजनजंग बस्नेत, पुष्पा घर्ती मगर, अन्तिम कुंवर, बिजय न्यौपाने, सुसिल केसी र धु्ब भूजेल लगायतको अभिनय रहने बताइएको छ ।

शुरूमा यो टेलिचलचित्र एसएन इन्टरटेनमेन्टसको यूटुब चायानलबाट प्रसारण हुने छ भने पछि नेपालको चर्चित टेलिभिनबाट पनि नियमित प्रसारण हुने जानकारी दिइएको छ ।

प्रबासमा काम र ब्यस्त जिबनमा पनि नेपाली कलाकारिता र सिर्जनाको बिधामा यूएईमा रहेका उत्साही यूबाहरूको यो लगाब अनि सक्रियताको यतिबेला खुलेर तारिफ गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update