चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बन
घटना पुस १५ गते भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बा नजिकै बाइपास रोडमा भएको खुलेको छ ।

चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन् ।
कुटपिटमा संलग्न नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेललाई सोमबार निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए ।
घटना पुस १५ गते भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बा नजिकै बाइपास रोडमा भएको खुलेको छ ।
असई भुजेलले गस्ती गर्ने क्रममा बसेनी चोकमा एक युवकमाथि निर्घात कुटपिट गरेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन भएको हो ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १३:०९
प्रतिक्रिया दिनुहोस्