
- राजन घिमिरे
कोष्टलाईन ऐजुकेशनले यूके - यू एस ए इन्फो सेसन काठमाण्डौमा सम्पन्न भएको छ । यो शैक्षिक मेलाको जानकारी कोष्टलाइनले काठमाण्डौको न्यू प्लाजामा रहेको आफ्नै कार्यालयमा गरेको थियो ।
यो इन्फो सेसेनले बेलायत र अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने नेपाली बिध्यार्थीहरूले भरपूर ज्ञान र जानकारी हांसिल गरेका थिए ।
इन्फो सेसनमा २ सय भन्दा बढी बिध्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सेसन फलदायी भएको र बिध्यार्थीहरूले वेलायत र अमेरिकाका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूसंग प्रत्यक्ष परामर्श लिएको कोष्टलाईनका सगुन श्रेष्ठले जानकारी दिए ।
सेसनमा सहभागि बिध्यार्थीहरूले शुल्क, छात्रवृत्ति, बसोबास र अध्ययन प्रक्रियाबारे यथेष्ट जानकारी पाएकोमा खुशी ब्यक्त गरेका थिए ।
कोष्टलाईनले यूके अध्ययनका लागि जनबरी महिनाभरी नाम दर्ता गर्ने बिध्यार्थीहरूलाई आई एल टि एस र पि टि ई बुकिंग शुल्कमा सय प्रतिशत क्यास ब्याक पाउंने जानकारी दिइएको छ ।
यसैगरी अमेरिका अध्ययनका लागि ५० डलरसम्मको यूनिभर्सिटी दर्ता शुल्क कोष्टलाईनले ब्यहोर्नै भएको छ ।