NRN
आज (मंगलबार) नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य

नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update