NRN
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।

मन्त्रिपरिषदको सोमबारको बैठकले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रसहित विपक्षी ६ दलले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन सरकारलाई दबाब दिएका थिए । सरकारले हालै ५ वटा अध्यादेश ल्याउने निर्णय पनि गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update