NRN
धरानका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबारमा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबारमा पुगेका छन् ।

धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई अवगत गराउने उद्देश्यका साथ उनी केहीबेर अघि सिंहदरबारमा पुगेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानी आयोजना माग गर्ने उनको तयारी छ ।

उनी रितो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका थिए । तर, प्रहरी उनको प्रहरीले गाग्री खोसेर राखेको छ । उनी मन्त्रालय जाँदा प्रहरीसँगै थिए । मेयर साम्पाङ रित्तो गाग्रीसहित सोमबार धरानबाट काठमाडौं आएका थिए ।

मेयर साम्पाङले आफूलाई सिंहदरबार प्रवेशमा अवरोध नभएको तर गाग्री लैजान नदिइएको बताएका छन् । मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update