NRN
नेप्से मंगलबार ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा बन्द

मंगलबार पनि नेप्से परिसूचक बढेको छ । आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्से मंगलबार ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा बन्द भएको छ ।

मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ ।

गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ५७ करोडको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब १९ करोडको सेयर कारोबार भएको छ । यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । 

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३८ करोड रूपैयाँ कमी आएको हो ।

आज ३११ वटा धितोपत्रको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेच भएको छ । 

यसदिन मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मंगलबार रिभर फल्स पावरको मूल्य सबैभन्दा बढी ८.९६ प्रतिशतले घटेको छ । 

मंगलबार सिइडिबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको बढेको छ । 

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update