NRN

- राजन घिमिरे

चैत ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र द्रौपदीको टिजर रिलिज भएको छ ।

जुन चलचित्र डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको थियो । हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरुमा सतेत छायांकन भएको छ ।

१ मिनेट ३७ सेकेन्डको टिजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संबेदनामा बनेको देखिने यस चलचित्रले एक अर्गानिक अनि गम्भीर बिषय उठाएको सन्केत गरेको छ ।

चलचित्र द्रौपदी अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भैरहेको बुझिएको छ । यसको स्कृप्ट करिब ४ बर्ष लगाएर लेखिएको हो ।

चलचित्रमा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा, सम्बाद गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ ।

चलचित्रको गीतमा रबि ओड र इन्द्रकला राइको आवाज रहेको छ भने ऋतु आचार्य र सुबास ठडराई सह निर्माता हुन् । आर बि मुभिजमा बनेको चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update