NRN
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८३ पैसा कायम भएको छ भने आज अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ८९ पैसा कायम गरिएको ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ कायम भएको छ भने कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ०७ पैसा तोकिएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update