
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ ।
रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो । नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा आज लामिछाने अदालत हाजिर भएका हुन् ।
लामिछानेविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको प्रतिवादका लागि लामिछाने बुधबार बिहान अदालत खुल्नासाथ १० बजे नै अदालत पुगेका थिए । उनी पुगे लगत्तै अदालतले उनलाई हाजिर गराएको थियो ।
लामिछानेविरुद्ध २ करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिक तर्फ १० करोड ९९ लाख रुपैयाँको छुट्टै बिगो माग गरिएको छ ।
रवि कास्की जिल्ला अदालतबाट पुस २५ गते ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।