NRN
यू-१९ महिला विश्वकप : अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

आइसिसी यू-१९ महिला विश्वकप २०२५ अन्तर्गत समूहको अन्तिम खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ । 

मलेसियाको बांगीस्थित यूकेएम क्रिकेट ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनायो । 

अस्ट्रेलियाका लागि काओम्ही ब्रेले ४५ रन बनाइन  भने लारोसाले ३१ रन र  हर्सत गिलले २१ बलमा नटआउट ३० रन बनाइन् । यस्तै इन्सवर्थले १६ रन बनाइन् । 

नेपालकी कप्तान पूजा महतोले ३ विकेट, सीमाना केसीले २ विकेट लिँदा रिया शर्माले १  विकेट हात पारिन् ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update