NRN
रास्वपाका सभापति लामिछानेको बयान न्यायाधीश योगीको इजलासमा सुरु

रुपन्देही जिल्ला अदालतमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा उनको बयान सुरु भएको हो । मुद्दा दर्ता भएपछि लामिछाने आज आफैँ अदालतमा उपस्थित भएका हुन् ।

बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । उनको बयान साँझसम्म चल्ने छ ।

रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारीले पीडित दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् । 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update