-1737539412.jpg)
बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा बन्द भएको हो ।यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
बुधबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ वटाको घटेको छ । यस्तै, नौ कम्पनीको मूल्य स्थिर रहेको छ ।
गत कारोबार दिन अर्थात् मंगलबार ६ अर्ब १९ करोडको सेयर कारोबार भएकोमा बुधबार ९ अर्ब २० करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब रूपैयाँ वृद्धि भएको हो ।
आज ३२२ वटा धितोपत्रको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर किनबेच भएको हो ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ ।
बुधबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ भने सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेनस रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ३.८२ प्रतिशतले बढेको छ ।