राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

केन्द्रीय समिति बैठकका एजेन्डामाथि छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा लागेको हो ।
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते धुम्बाराहीस्थित एस-आर बैंक्वेटमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढिकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्य योजनामाथि छलफल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ ११:४१
प्रतिक्रिया दिनुहोस्