NRN
रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु

रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी प्रकरणमा बयान दिन हिजो अदालतमा उपस्थित भएका लामिछानेलाई अदालतले अहिले बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायी नारायण कँडेलको जिम्मामा छाडेका छाडेको थियो ।

लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो ।

आज हुने थुनछेक बहसका आधारमा उनी थुनाबाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ ।

लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update