NRN
बिहीबार नेप्से ११.१० अंकले घटेर २६५४.३५ विन्दुमा बन्द

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से ११.१० अंकले घटेर २६५४.३५ विन्दुमा बन्द भएको छ ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

बिहीबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ । यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ ।

गत कारोबार दिन अर्थात् बुधबार नौ अर्ब २० करोडको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब ८५ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ३५ करोड रूपैयाँ कमी आएको हो ।

आज ३१८ वटा धितोपत्रको १ करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर किनबेच भएको हो ।

बिहीबार सप्तकोशी डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update