शुक्रबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन अर्थात् बिहीबारको तुलनामा सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ ११:२२
प्रतिक्रिया दिनुहोस्