चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् ।
नेपालको उद्योग क्षेत्रको विकासमा पु–याएको योगदानको कदरस्वरूप तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड, २०८१ कार्यक्रममा मल्ललाई सम्मान गरिएको हो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्त रूपमा सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकारहरुको पनि उपस्थिति थियो ।
तेस्रो विराट एण्ड फिल्म अवार्डले नेपाली व्यापार र चलचित्र क्षेत्रलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ १२:०२
प्रतिक्रिया दिनुहोस्