NRN
प्रधानमन्त्री ओली अस्वस्थ, पाल्पा र बुटवल जाने कार्यक्रम रद्द

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारका लागि पाल्पा र रूपन्देहीमा तय भएको उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी नहुने भएका छन् ।

चिकित्सकहरूको सुझावमा उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्नेछन् भने कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओली मंगलबार बेलुकीदेखि अस्वस्थ छन् । उनको स्वर भासिएको सचिवालयले जनाएको छ ।

सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, बुटवल गोरूसिंगे सडकको स्तरोन्नतिको शिलान्यास, पाल्पाको  बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update