घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ ।
शुक्रबार प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो ।
यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ ११:३४
प्रतिक्रिया दिनुहोस्