NRN
आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

बैठक आज दिउँसो २ बजेदेखि सुरु हुने गरी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने, हालै जारी भएका अध्यादेशको एकजुट भएर प्रतिरक्षा गर्ने, संसदमा पेस भएका विधेयक तीव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ । सो बैठक दुई दिनसम्म चल्ने छ ।

आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update