
अनेरास्ववियु क्रान्तिकारी २३ औं नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको लुम्बिनी प्रदेशको मतगणना सकिएको छ ।
सात प्रदेशको मतगणनाको प्रारम्भिक नतिजामा अध्यक्षमा विजयप्रकाश सापकोटाले अग्रता लिएका छन् । उनलाई टक्कर दिँदै हेमन्त राई दोस्रो स्थानमा छन् ।
आइतबार बिहानसम्मको परिणाम अनुसार सापकोटाले ४५३ मत पाउँदा हेमन्तले ३९९ मत ल्याएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार सुदिन पौडेलले १४२ र उपदेश यादवले १६८ मत पाएका छन् ।
सापकोटाले कोशी प्रदेशबाट ४९, मधेसबाट २०, बागमतीबाट ८७, गण्डकीबाट ६०, लुम्बिनीबाट ८५, कर्णालीबाट ८० र सुदूरपश्चिमबाट ७२ मत पाएका छन् ।
हेमन्त राईले कोशीबाट ११६, मधेसबाट २०, बागमतीबाट १७, गण्डकीबाट ३९, लुम्बिनीबाट ६६, कर्णालीबाट ८२ र सुदूरपश्चिमबाट ७२ मत पाएका छन् ।
सुदिन पौडेलले कोशीबाट १८, मधेसबाट शून्य, बागमतीबाट १७, गण्डकीबाट ६१, लुम्बिनीबाट २२, कर्णालीबाट ८ र सुदूरपश्चिमबाट १६ मत ल्याएका छन् ।
उपदेश यादवले कोशीबाट ३५, मधेसबाट ३०, बागमतीबाट ५१, गण्डकीबाट १५, लुम्बिनीबाट १०, कर्णालीबाट ५ र सुदूरपश्चिमबाट २२ मत ल्याएका छन् ।
शनिबार १ हजार ९१५ जनाले मतदान गरेका थिए ।