NRN
आज (सोमबार) नेपाली बजारमा सामान्य घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ । 

आज सुन महासंघका अनुसार प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

आइतबार प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आइतबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update