NRN
प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरूको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । 

सोमबार प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।

सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update