
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने भएको छ ।
क्रान्तिकारीको विश्वविद्यालय प्रदेश समिति अन्तर्गत केन्द्रीय निर्वाचन समितिको तर्फबाट अर्जुन अधिकारी र उपत्यका विशेष निर्वाचन समितिको तर्फबाट प्राडा जगत पोखरेलले सूचना प्रकाशित गर्दै सोमबार दिउँसो १२ बजेबाट मतगणना पुनः सुरु गरिने जानकारी गराएका हुन् ।
विश्वविद्यालय र विशेष प्रदेश कमिटीमा खसेको मतपत्रको विषयमा विवाद भएपछि आइतबार बिहानदेखि मतगणना रोकिएको थियो ।
नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचन विवादका कारण दुवै प्रदेशका निर्वाचन समितिले आइतबार संयुक्त विज्ञप्ति जारी गरी अनिश्चित कालका लागि स्थगित गरेको थियो ।
अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत निर्वाचनबाट केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो ।