NRN
सुट मेला २०८१ काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा

काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ चलिरहेको छ ।

नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ बाट नेपालमै पहिलोपटक सुरू भएकाे याे मेला आगामी वैशाख २५ गतेसम्म चल्ने महासंघले जनाएको छ । 

मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सटिंङ सुटिङ कपडाका दर्जनौ विकल्प एकै ठाउँमा उपलब्ध गराउनु तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सर्टिङ सुटिङको महत्व बुझाउनुका साथै यो मेलाले सुटमा आएको नयाँ डिजाइनबारे पनि ग्राहकलाई जानकारी गराइरहेकाे छ ।

विवाहको सिजनमा दूरदराजबाट सुट सिलाउन काठमाडौं आउनेलाई मेला सहयोगी हुने आयोजकको विश्वास छ ।

मेलामा आराधना कम्प्लेक्समा दशकौंदेखि गुणस्तरीय कपडाको आयात एवं सिलाइ व्यवसायमा संलग्न रहेका मेरिना इम्पेक्स अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र स्वारी कलेक्सनका स्टल रहेका छन् ।

मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरीद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफर समेत राखेका छन् । यसबाट ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत थोरबहुत योगदान हुने आयोजकको विश्वास छ ।

यो मेलाको अर्को उद्देश्य भने आर्थिक मन्दीका कारण शिथिल भएको व्यवसायलाई गति दिनु हाे । यसले सर्टिङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारी राजस्वमा पनि योगदान गर्ने महासंघको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update