-1737972824.jpg)
सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । नेप्से १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा बन्द भएको हो ।
सोमबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ । यस्तै, नौ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
गत कारोबार दिन अर्थात् आइतबार नौ अर्ब १२ करोडको सेयर कारोबार भएकोमा सोमबार आठ अर्ब ९२ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ कमी आएको हो ।
आज ३१२ वटा धितोपत्रको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर किनबेच भएको हो ।
सोमबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ भने सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी विकास बैंक रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।