मंगलबार पनि घट्यो सुन–चाँदीको मूल्य

नेपाली बजारमा आज (मंगलबार) पनि सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो ।
सोमबार सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँ कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ ११:३४
प्रतिक्रिया दिनुहोस्