नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनको तयारीका साथै पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश लगाएको विषयमा छलफल हुने जनाइएको छ ।
संसदको हिउँदे अधिवेशन शुक्रवारबाट सुरु हुँदैछ ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ ११:४७
प्रतिक्रिया दिनुहोस्