NRN
ट्रम्प विरुद्ध जाँच गर्ने १२ अधिकारी बर्खास्त

अमेरिकामा डोनाल्ड ट्रम्पको प्रशासनले न्याय मन्त्रालयका १२ अधिकारीलाई बर्खास्त गरेको छ । जसले ट्रम्प विरुद्ध अनुसन्धान गरेका थिए ।

बीबीसीका अनुसार, न्याय विभागका एक अधिकारीले कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बताए ।

यी अधिकारीहरूले राष्ट्रपति ट्रम्पको एजेन्डा पूर्ण इमानदारीका साथ कार्यान्वयन गर्न सक्षम हुनेछन् भन्ने उनलाई नलागेको बताइएको छ । यसैबिच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।

यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली, र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update