
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को कोषाध्यक्षमा फुलमाया रानामगर (खुशी) निर्वाचित भएकी छन् ।
गत शनिबार भएको क्रान्तिकारीको निर्वाचन अन्तर्गत आज सकिएको मतगणनामा राना विजयी भएकी हुन् । उनले ५९६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सचिव खुलामा सम्झना राई, प्रैम जैशी (मामा), वीरेन्द्र जिसी, शिशिर बस्याल निर्वाचित भएका छन् । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याएकी छन् भने जैशीले ५११, जिसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गरेका छन् ।
यसैगरी, सचिव छात्रातर्फ तिर्सना आलेमगर ४९८ मतसहित निर्वाचित भएकी छन् भने समकृति पुन ५२९ मत ल्याएर विजयी भएकी छन् ।
यस्तै सचिव जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् भने सचिव दलिततर्फ आशा उपरकोटीले सर्वाधिक ७४६ मत ल्याएर विजयी भएकी छन् । समग्र सचिवमा उपरकोटी नै सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।
यस्तै सचिव मधेशीमा ४६० मत प्राप्त गर्दै अमर मण्डल, सचिव खस आर्यमा ६१४ मत प्राप्त गदै जितेन्द्र भण्डारी र सचिव सहिद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
अहिले उपमहासचिव, उपाध्यक्ष लगायतका पदको मतगणना भइरहेको निर्वाचन समतिलिे जनाएको छ ।