अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय
बिहीबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।

संसदका विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।
बिहीबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।
शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘, राष्ट्रिय स्वत्नत्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्नपा नेता ध्रुवबहादुर प्रधान, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूको सहभागिता थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१ १३:०२
प्रतिक्रिया दिनुहोस्