NRN
मधेश केन्द्रित आठ दलको बैठक आज बस्दै

मधेश केन्द्रित आठ दलको बैठक आज बस्दैछ ।

बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बस्ने छ ।

आजको बैठकमा आठ पार्टीको मोर्चा बनाउने विषयमा छलफल केन्द्रित हुने छ ।

बैठकमा मधेस केन्द्रित आठवटा दलको सहभागिता रहने बताइएको छ । जसमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील र तमलोपा सहभागी हुनेछन् ।

गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update