
आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।
सोही विषयमा बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले शुक्रबार अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् । साह उपर अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ ।
बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो ।
आदालतको आदेश आउनुअघि नै महासचिव साहले आफूलाई आदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुख यादवले दाबी गरेका छन् ।
अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ ।