NRN
त्रिकोणात्मक श्रृंखला :  चौथो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य

काठमाडौँमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ विकेटको क्षतिमा १४० रन बनाएको हो । 

नेदरल्यान्ड्सका लागि बाबेट्टी डि लिडेले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । हेथर सेइजर्सले २६ रन बनाउँदा ओपनर फेबे मोल्केन्बोइर र रोबिन रिज्कीले २१-२१ रन बनाए । 

नेपालकी सीता रानामगरले ५ विकेट, मनिषा उपाध्यायले २ विकेट लिइन् भने कविता जोशी र इन्दू बर्माले १-१ विकेट हात पारे ।

 

 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update