NRN
नेप्से २.४१ अंकले बढेर २७३० विन्दुमा बन्द

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २.४१ अंकले बढेर २७३० विन्दुमा बन्द भएको हो । 

यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । 

गत कारोबार दिन अर्थात् आइतबार १२ अर्ब ९५ करोड कारोबार भएकोमा सोमबार ११ अर्ब ८७ करोडको सेयर कारोबार भएको छ । 

सोमबार ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटाको घटेको छ । यस्तै, आठ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सोमबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक बैंक रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको हो ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update