NRN
जेठ १ गते देखि हुनेगरी सर्यो अनेरास्ववियुको २४ औं महाधिवेशन

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा गर्ने भएको छ ।

सोमबार बसेको दोस्रो स्थायी कमिटी बैठकले जेठ १ देखि ४ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो । तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ १ गतेको विद्यार्थी दिवसका दिन अधिवेशन उद्घाटन गर्ने गरी तालिका निर्धाण गरिएको हो ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update