बिहीबार पनि बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति पुग्यो ?
गत मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो ।

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ । गत मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो ।
यो मूल्य अघिल्लो दिनको आज तुलनामा प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो ।
बुधबार प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्