NRN
कमलपोखरीको सानदार मःम पसलमा सिलिण्डर विष्फोट, १४ जना घाइते

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । 

आज बिहान पौने ९ बजेको समयमा सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । 

घाइतेमध्ये ११ जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ भने अन्य तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार कमलपोखरीस्थित सानदार मःम पसलमा सिलिण्डर विष्फोट भएका हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update