NRN
एनआरटीले दुई वटा गोल्ड कपमा आज एकैदिन प्रतिस्पर्धा गर्दै

हाल मोफसलकै दुई चर्चित फुटबल प्रतियोगिता २४ औं आहा!रारा पोखरा गोल्डकप र २५ औं बुढासुब्बा गोल्डकप फुटबल चलिरहेको छ । आहा!रारा पोखरा गोल्डकप पोखरामा र बुढासुब्बा धरानमा जारी छ ।

संयोग के छ भने एनआरटीले दुवै प्रतियोगितामा आज एकैदिन प्रतिस्पर्धा गर्दैछ । तर, दुई फरक टिम बनाएर । पोखरामा अन्जन विष्टको कप्तानीमा र धरानमा सरोज तामाङको कप्तानीमा एनआरटी मैदान उत्रँदैछ ।

यस्तै, ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पनि दुवैतिर दुई टिम बनाएर खेलिरहेको छ ।

आहा!रारा पोखरा गोल्डकपमा एनआरटीले आज ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ । खेल पोखरा रंगशालामा दिउँसो २:३० बजे पोखरा रंगशालामा हुनेछ ।

चर्च ब्वाइजले बुधबार भुटानी क्लब आरटिसीलाई अराएर बुढासुब्बाको फाइनल पुगिसकेको छ । चर्च ब्वाइजले पाँचौं फाइनलको रुपमा शनिवार बुढासुब्बा गोल्डकपको फाइनल खेल्नेछ ।

चर्च ब्वाइज र एनआरटीले केही दिन अघि काठमाडौंमा भएको प्रथम सभापति कपमा पनि प्रतिस्पर्धा गरेको थियो । जहाँ एनआटीले सेामिफाइनलसम्मको यात्रा तय गर्दा चर्च ब्वाईज पहिलो खेलमै पराजित भएको थियो ।

१२ टोलीको सहभागिता रहेको आहा!रारामा १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update