बिहीबार ११.६४ अंकले घट्यो नेप्से
-1738835295.jpg)
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.६४ अंकले घटेको छ ।
नेप्से ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा बन्द भएको हो ।
बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ । यस्तै, नौ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । यस उपसमूहका रहेकामध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
बिहीबार समग्रमा ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार चाहिँ ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज ३१५ वटा धितोपत्रको एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच भएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्