NRN
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ अघिल्लो दिन अर्थात् बिहीबारको तुलनामा आज (शुक्रबार) प्रतितोला चार सय रूपैयाँ घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update