NRN
अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध ट्रम्पले लगाए प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाएका छन् ।

इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको अमेरिका भ्रमणछि ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका हुन् ।

ट्रम्पले आइसिसी अमेरिका र यसको प्रमुख सहयोगी राष्ट्र इसराइलविरूद्ध लागेको दाबी गर्दै प्रतिबन्ध लगाएका हुन् ।

गाजा क्षेत्रमा बर्बर आक्रमण गरेर युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतले सन् २०२१ को नोभेम्बरमा इजरायलका प्रधानमन्त्री नेतन्याहू र पूर्व रक्षामन्त्री योव गालान्टमाथि गिरफ्तार वारेन्ट जारी गरेको थियो ।

ट्रम्पले सोही अदालतलाई प्रतिबन्ध लगाएर अमेरिका इजरायलको साथमा रहेको सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update