NRN
अस्ट्रेलियाकी यातायात मन्त्रीले दिईन् राजीनामा

अस्ट्रेलियाकी यातायात मन्त्री जो हेल्यानले मन्त्री पदबाट राजीनामा दिएकी छिन् ।

एक निजी पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुविधा लिएकोमा क्षमा माग्दै आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।   

यसअघि उनले अस्ट्रेलिया दिवसको पूर्व सन्ध्यामा आयोजित भोजमा आफु र आफ्ना आफन्तका लागि सरकारी चालक सुविधा लिएकोमा चौतर्फी आलोचना भएको थियो । उनले अस्ट्रेलियाका जनता र करदाताको अवमूल्यन गरेको आरोप समेत लागेको कारण राजीनामा दिएकी हुन् ।  

उनीमाथि आफ्ना बच्चालाई खेलकुद मैदानसम्म लैजान सरकारी चालक सुविधा लिएको पनि आरोप लागेको थियो । 

मन्त्री हेल्यानले ४४६ किलोमिटर यात्रामा सरकारी सुविधा नीजि प्रयोजनको समयमा गरेकाले ७५० डलर रकम पनि राज्यलाई तिर्ने प्रतिवद्धता जनाएकी छन् ।    

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update