NRN
एलिना चौहान भन्छिन्- 'धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ'

गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन् । 

शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन् ।

‘धोकेबाज मलाई भनेको कि गीत ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् ।

दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन् । उनले यो पढ्ने बेला भएकाले प्रेममा नपर्न सुझाएकी थिइन् ।

आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताउँदै उनले भनिन्, ‘भर्खंर भर्खंर ब्रेकअप भएको छ । यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन । मलाई धोकेबाज धेरै गाउने मुड छैन ।’

उनले 'धोकेबाज हौं तिमि' का साथै ‘के माया लाउँछ र’, 'तिम्रो मायाले बाँधेर राख', 'कट्टा हान्दिन्छु', 'रक्सी चुरोट छाड्न पाउन्नौं', 'दुश्मन हेरेको हेरेई', 'मिनरल वाटर' लगायत गीत गाएकी थिइन् ।

गायिका चौहानले गतसाता काठमाडौं जिल्ला अदालतमा पतिविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update