NRN
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज साँझ बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आइबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेर बोलाइएको हो ।

बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायत विषयमा छलफल हुनेछ ।सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

कांग्रेस-एमाले गठबन्धन सरकारलाई सफल पार्न भन्दै गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update